नियम ४६क
आयोगलाई सद्दयोग गर्नु पर्ने
(१) आयोगले परीक्षा सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारी, भवन वा कक्षा कोठा उपलब्ध गराउन सरकारी निकाय, सामुदायिक वा संस्थागत विद्यालय वा अन्य सङ्गठित संस्थासँग अनुरोध गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम अनुरोध भई आएमा सम्बन्धित सरकारी निकाय, सामुदायिक वा संस्थागत विद्यालय वा अन्य सङ्गठित संस्थाले त्यस्तो सहयोग उपलब्ध गराउनु पर्नेछ ।